समाचार

सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु



दार्चुला, २ चैत । दार्चुलामा ढुंगासहितको सुख्खा पहिरो खस्दा एक जना मजदूरको घटनास्थलमै मृत्यु भएको छ ।

आज गोकुलेश्वर दार्चुला सडकखण्डमा गिट्टी फुटाउनलाई ढुंगा निकाल्ने क्रममा माथिबाट ठूल्ठूला ढुंगासहितको सुख्खा पहिरो खस्दा मालिकार्जुन गाउँपालिका ८ थकतोली बस्ने ४५ वर्षीय वीरराम टमटाको  मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार टमटा सडकखण्डमा दैनिक गिट्टी फोर्ने काम गरेर घरखर्च चलाउँदै आएका थिए ।