अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २ चैत । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै ८६ हजार ६ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।