अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ४ चैत । आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर ८६ हजार ९ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।