महेन्द्रनगर, ४ चैत । कञ्चनपुरमा टायर पड्किएर गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो । गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गाडीमा सवार अन्य ६ जना घाइते भएका छन् । उनीहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । गाडीको पछाडिको बायाँतर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्