काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को संसदीय दलको बैठकले केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले नेकपा(एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ
प्रमुख सचेतक विशाल भट्टराई
सचेतक शान्ता चौधरी
संसदीय बोर्डमा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत समेटिएको छ ।
त्यसैगरी सदस्यहरूमा सुमन प्याकुरेल, बिमला राई पौडेल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनि राना, मोहन बानियाँ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला बि.क. रहेको सांसद तामाङले जानकारी दिए ।
त्यस्तै बैठकले नेकपा(एमाले)को संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको उनको भनाई छ । संसदीय दलको अर्को बैठक चैत्र ७ गते बोलाइएको सांसद तामाङले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्