Banner News

प्रतिनिधिसभा बैठक आज बस्दै (कार्यसूचीसहित)



काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको  बैठक आज  दिउँसो १ः०० बैठक बस्न लागेको संघीय संस्द् सचिवालयले जनाएको छ ।

सम्भावितकार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औं वार्षिक प्रतिवेदनन–२०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक प्रतिवेदन-२०७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय गरिएको छ ।

यस बाहेक नेपाली कांग्रेसका नेता २०५८ सालको राष्ट्रियसभा सदस्य तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव र प्रतिनिधिसभा नियमावली-२०७५ को नियम २१० को उपनियम (४) बमोजिम संसद् सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतीका लागि प्रस्तुत हुने कार्यक्रम रहेको  संसद् सचिवालयले जनाएको छ ।

No description available.