राजनीति

प्रधानमन्त्री बन्नुभन्दा पार्टी बलियाे बनाउन लागेकाे छु : सभापति देउवा



काठमाडौँ, ७ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् ।

आज नेपाली काँग्रेस तरुण दल विभागद्वारा चितवनमा आयोजित कार्यक्रममाँ बोल्दै सभापति देउवाले भने,  ‘अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्ने वाला छैन, प्रधानमन्त्री बन्न भन्दा पनि आफू पार्टी बनाउन तर्फ लागेको देउवाले बताए  ।

‘यतिबेला म प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टी बलियो बनाउनेतिर लागेकाे छु । मेराे प्राथमिकता नेपाली काँग्रेसलाई बलियाे बनाउने हाे’, देउवाले भने । साथै उनले चुनावको तयारीका लागि आपसी मतभेद र झगडा त्यागेर अगाडि बढ्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरे।