भक्तपुर, ७ चैत । भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-१० चितापोलस्थित भित्री सडकमा ४ ख ९८१० नम्बरको टिपरले मे. ८ प. ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-११ घर भई काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्की गम्भीर घाइते भएकी थिइन् ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका घाइते भएकी कार्कीको उपचारको क्रममा भक्तपुर अस्पताल दुधपाटी लगिएको अपरान्ह ४ मृत्यु भएको हो । चालक मृतकका छोरा ३४ वर्षीय प्रकाश कार्की सकुशल रहेका छन । प्रहरीले टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३का २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिएको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्