सप्तरी, ९ चैत । सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकल सप्तरीको राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना हुदा चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामा परेर माेटरसाइकलकाे पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । टाउको र छातीमा चोट लागेर घाइते भएका कौशलको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्