विश्व

भारतमा २४ घण्टामा ४७ हजार जनामा कोरोना पुष्टि



काठमाडौँ, ९ चैत । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । २४ घण्टाको अवधिमा २१२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढी महाराष्ट्रका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीका कारण पछिल्लो समय कोरोना संक्रमण बढिरहेको बताएका छन् ।

अहिलेसम्म भारतमा कोरोनाबाट एक करोड १६ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने करिब एक लाख ६० हजार जनाको मृत्यु भइसकेको छ । मार्च १५ देखि २१ सम्मको एक सातामा अघिल्लो साताको तुलनामा नयाँ संक्रमितको संख्या एक लाखले बढेको छ ।