काठमाडौँ, १० चैत । सरकारले केराउ, सुपारी, छोकडा, अप्रशोधित मरीच र महँगा सवारीसाधन आयातमा लगाइएको पूर्ण बन्देज हटाएको छ ।
कृषिजन्य बस्तु पनि सीमित परिणाममा आयात गर्न पाउने गरी पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । यसका लागि सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गरेको छ । कोभिड १९ को संक्रमण तीव्र भएपछि समग्र अर्थतन्त्रमा असर पुगेको थियो ।
अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न र डलर विदेसिन रोक्न आयातमा बन्देज लगाइएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्