एजेन्सी, १० चैत । बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् ।
बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो शिविरमा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी भएको कक्स बजारमा काम गरिरहेका राहत संस्थाका व्यक्तिहरुले भनेका छन ।
तीन वर्ष पहिले म्यानमारमा हिंसाका कारण रोहिङ्ग्या मुसलमानहरू आफ्नो ज्यान बचाउन बंगलादेशमा शरण लिएर बसिरहेका छन् । कक्स बजारमा रहेको यो शरणार्थी शिविरमा ११ लाखभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्