Banner News

एमाले-जसपा कार्यदलको वार्ता सकारात्मक



काठमाडौँ, १० चैत । सरकार र जनता समाजवादी पार्टी (जसपा) को कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको गृहकार्यबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

आज बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कार्यदलका सदस्यहरुसहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । जसपा नेता महतोले भने, ‘कार्यदलले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्यबारे जानकारी गराएको छ’ ‘प्रगति सकारात्मक छ ।’

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । यद्यपि सरकारलाई समर्थन गर्ने नगर्ने भन्नेमा जसपामा दुई धार छ ।