काठमाडौँ, ११ चैत । थप १ सय ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १हजार १ सय ८२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना रहेको छ । आज थापा एक जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार २० जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्