विराटनगर, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मन्त्रिपरिषद चार नयाँ मन्त्री थपिएका छन् । दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ । प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले शपथ खाएका छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र कृषि राज्यमन्त्रीले फूल मन्त्रीको रुपमा सपथ लिएका छन् । यसैगरी टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राई सामाजिक विकास राज्य मन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका छन् ।











प्रतिक्रिया दिनुहोस्