काठमाडौँ, १३ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ ।
त्यसअनुसार सांसदहरु शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा जाने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
कलंकीस्थित एक पार्टी प्यालेसमा भएको उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुको बैठकपछि नेता पन्तले भने, ‘नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो, गतिशील बनाउन र विधि पद्धितिमा चलाउन पार्टीभित्रै रहेर संघर्ष गर्ने नीतिअनुसार संसदीय दलमा भाग लिएर आफ्ना कुराहरु राख्ने निर्णय गरेका छौंं ।’










प्रतिक्रिया दिनुहोस्