राजनीति

एमाले संसदीय दलको बैठकले गर्यो ७ वटा महत्वपूर्ण निर्णयहरु (सूचीसहित)



काठमाडौँ, १३ चैत । नेकपा एमालेको संसदीय दलको बैठकले ७ वटा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

आज प्रधानमन्त्री, पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा वालुवाटारमा भएको बैठकले उक्त ७ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि दलको बैठकलाई उच्च प्राथमिकता दिइएको छ । एमालेमा २०७५ साल जेठ २ गतेभन्दा अगाडी रहेको दुई सय ४१ जनाको केन्द्रीय सदस्य रहेकोमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्नुभएका २३ जनालाई थप गरी दुई सय ६४ जना केन्द्रीय सदस्य बनाइएको तथा अन्य केही महत्वपूर्ण निर्णयहरु फिर्ता नहुने प्रधानमन्त्री ओलीले बताउनुभएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । आगामी दिनमा प्रत्येक व्यक्तिको गुनासोलाई समेत सम्बोन गर्दै पार्टी एक ढिक्का बनाई अगाडी बढ्ने प्रधानमन्त्री ओलीले धारणा राख्नुभएको सचेतक भट्टराईले जानकारी दिनुभयो ।

सचेतक भट्टराईका अनुसार दलको बैठकले गरेको सात वटा महत्वपूर्ण निर्णयहरु निम्नानुसार रहेका छन्,

१. आगामी केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोधिएकालाई के कारवाही गर्ने भन्नेबारे निर्णय गर्ने,
२. आगामी आर्थिक वर्षको लागि बजेट निर्माण गर्नको आवश्यक सुझाव दिन आग्रह,
३. विधिवत ढंगले अगाडी बढाउन सांसदहरुको सुझावलाई आगामी दिनमा आवश्यकताको आधारमा ध्यान दिने,
४. पार्टीले गरेको विधिसंवत् निर्णयहरु पछाडी फर्कन अवस्था नरहेको.
५. पारित गरेको संसदिय दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन समेत गरिसकेकोले पुरानो अवस्थामा लैजान नसकिने तथा आगामी दिनमा आवश्यकता अनुसार सवैको सल्लाह अनुसार परिवर्तन गर्न सकिने,
६. गुटगत समूहको अस्थित्व नहुने, गुटगत गतिविधि स्वीकार्य हुन नसक्ने । व्यक्तिगतको कुरालाई समेत सुनुवाई गर्ने,
७. सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने प्रकारका कार्यक्रमहरु गर्ने/नेतृत्वले सहजिकरण गर्ने ।