काठमाडौँ, १४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र डा. भिम रावलले दिएको स्पष्टीकरण कारवाही योग्य भएको बताउनुभएको छ ।
शुक्रबार वालुवटारमा आयोजित संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेता नेपाल र रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताउनुभयो । यो कारबाहीको योग्य रहेको बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । स्पष्टीकरण सोधीएका चार जनामा झलनाथ खनाल र घनश्याम भुसालको हालसम्म स्पष्टिकरण प्राप्न गरिनसकेको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । त्यस्तै स्पष्टीकरण सोधीएकालाई कस्तो कारवाही गर्ने भन्नेबारेमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने समेत सेचतक भट्टराईले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बैठकमा ओलीले २८ फागुनदेखि पार्टी केन्द्रीय कमिटी र संसदीय दलले गरेको निर्णय फिर्ता नहुनेसमेत बताउनुभयो । बैठकले आगामी केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोधिएकालाई के कारवाही गर्ने भन्नेबारे निर्णय गर्ने, आगामी आर्थिक वर्षको लागि बजेट निर्माण गर्नको आवश्यक सुझाव दिन आग्रह, विधिवत ढंगले अगाडी बढाउन सांसदहरुको सुझावलाई आगामी दिनमा आवश्यकताको आधारमा ध्यान दिने, पार्टीले गरेको विधिसंवत् निर्णयहरु पछाडी फर्कन अवस्था नरहेको, पारित गरेको संसदिय दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन समेत गरिसकेकोले पुरानो अवस्थामा लैजान नसकिने तथा आगामी दिनमा आवश्यकता अनुसार सवैको सल्लाह अनुसार परिवर्तन गर्न सकिने, गुटगत समूहको अस्थित्व नहुने, गुटगत गतिविधि स्वीकार्य हुन नसक्ने । व्यक्तिगतको कुरालाई समेत सुनुवाई गर्ने,सांसदहरुलाई क्षमता अभिवृद्धि गर्ने प्रकारका कार्यक्रमहरु गर्ने, नेतृत्वले सहजिकरण गर्नेलगायतका निर्णयहरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्