Banner News

नेता जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण



काठमाडौँ, १४ चैत । कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उनको पार्थिव शरीरलाई नर्भिक अस्पतालबाट शव यात्रासहित यट्खास्थित निवासमा श्रद्धाञ्जलीको राखिएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुका निधन भएको हो ।

उनको शव यात्रासहित कांग्रेस केन्द्रीय कार्यालय,सानेपा पुर्‍याएर पुनः श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । जोशीलाई श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, सुवासचन्द्र नेम्वाङ सानेपा पुगेका थिए ।

जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो । जोशीका श्रीमती र एक छोरी छन् ।