Banner News

थप १४१ जनामा कोरोना संक्रमण, ८२ जना डिस्चार्ज



काठमाडौँ, १६ चैत । थप १ सय ४१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १३ सय ४१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ८२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार २७ जना पुगेको छ ।