समाचार

सेती नदीमा डुबेर युवकको मृत्यु



डोटी, २१ चैत । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दीपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

शिखर नगरपालिका–२, मुडेगाउँको कालागाडनजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस