समाचार

आज पाँचौं स्वास्थ्य बीमा दिवस मनाईंदै



काठमाडौँ, २५ चैत । आज पाँचौं स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सरकारले नागरिकका स्वास्थ्य समस्याहरुलाई सहज रुपमा समाधान र स्वास्थ्यमा भएको आर्थिक जोखिम घटाउने उद्देश्यले २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसकै सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

अहिलेसम्म ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालनमा रहेको र आज ६ जिल्ला विस्तार गरी ७५ जिल्ला पुर्‍याइने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । विसं २०७२ मा कैलाली जिल्लाबाट औपचारिक रुपमा सुरु भएको बीमा कार्यक्रम आज ताप्लेजुङ बारा, सर्लाही, दोलखा, मनाङ, र मुस्ताङमा पनि विस्तार हुने भएको हो । आर्थिक वर्ष २०७७/७८ भित्रमा सबै जिल्लामा बीमा कार्यक्रम पुर्‍याउने लक्ष्य राखिएको छ ।

बोर्डका अनुसार कूल जनसङ्ख्याको १५ प्रतिशतलाई मात्रै सेवा पुर्‍​​याउन सकिएको छ ।