समाचार

पोखरीमा डुबेर एकजनाको मृत्यु



रुपन्देही, २५ चैत । माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय रन्यौराका अनुसार मृत्यु हुनेमा  शुद्धोधन गाउँपालिका-५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरीको सोही गाउँपालिका-२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।