समाचार

भारतबाट आएका एक कोरोना संक्रमितको मृत्यु



काठमाडौँ, २५ चैत । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दोस्रो चरणकाे संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलाे पटक संक्रमितको मृत्यु भएको हो । अस्पतालका अनुसार ती पुरुष  चैत २२ गते भारतको गुजरातबाट  नेपाल आइपुगेका थिए । परीक्षणमा  संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने छ ।

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो ।