समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ



रुपन्देही, २६ चैत । श्रमती हत्‍या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनियालाई पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।