काठमाडौँ, २६ चैत । थप ३ सय ३२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार १ सय जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २४ सय ५४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार ६ सय ८ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्