Banner News

राजनीतिकर्मी, व्यापारी इमानमा हिँडौँ: प्रधानमन्त्री ओली



काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह गर्नुभएको छ ।

बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीति जब जनताको हितबाट विचलित हुन्छ, तब देश अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले सत्यको मार्ग, निस्वार्थताको मार्गमा हिँड्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारीलाई इमानमा हिँड्न गाह्रो छ । देशको विकास गर्न राजनीति, व्यापारी इमानमा हिँडौँ ।”

७० वर्षको इतिहास बोकेको चेम्बर निजी क्षेत्रको ‘पायोनियर संस्था’ भएको उल्लेख गर्दै उहाँले देश विकासका लागि उद्योग क्षेत्रलाई अगाडि बढाउन जे जे आवश्यक छ, सरकार ती सबै काम गर्न तयार रहेको बताउनुभयो ।