समाचार

बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ



काठमाडौँ, २७ चैत । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौँबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।