Banner News

थप २८८ जनामा कोरोना संक्रमण, १२७ जना डिस्चार्ज



काठमाडौँ, २७ चैत । थप २ सय ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ सय १५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १२७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको छ ।