काठमाडौँ, २७ चैत । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गर्नुभएको छ ।
शुक्रबार भएको टेलिफोन वार्तामा मन्त्री ज्ञवालीले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको बताइएको छ । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ ।
यस्तै दुई पराराष्ट्रमन्त्रीबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि छलफल भएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोरोना महामारी नियन्त्रणका लागि सहकार्य गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको स्रोतले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्