समाचार

बिस्केट जात्रा आजदेखि सुरु



भक्तपुर, २८ चैत । भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ ।

आज भैरवनाथ र भद्रकालीको रथ दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुनेछ । भक्तपुरको ऐतिहासिक बिस्का जात्रा आठ रात नौ दिन मनाइने यो जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ ।

भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ । त्यसक्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ । भैरवनाथको महास्नान पूजा र नित्यपूजा अहिले भइरहेको छ ।

यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथकै रथ तानेर गरिन्छ ।