अर्थ

कुखुराको मासुको मूल्य बढ्यो



काठमाडौँ, २९ चैत । काठमाडौँ उपत्यकामा कुखुराको मासुको मूल्य बढेको छ ।

तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार  बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको बताइएको । यसअघि कुखुराको मासुको मूल्य संघले ४०० रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।