पोखरा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले मुलुकको अवस्था अत्यन्तै जटिल अवस्थामा पुगेको बताउँदै तत्कालै काँग्रेसले निकास दिनुपर्ने बताउभुएको छ ।
सोमबार नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले देश विषम परिस्थितिमा पुगेकाले कांग्रेसले टुलुटुलु हेरेर नबसी तत्कालै निकासका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले तत्कालै नयाँ सरकार गठनसँगै पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न र आगामी मंसिरमा वा चैतमा आम निर्वाचन गर्ने गरी अगाडी बढ्न पार्टी नेतृत्वलाई सुझउनुभयो । काँग्रेस नेतृत्व नयाँ सरकार गठनसंगै पार्टीको महाधिवेशन र निर्वाचनमा केन्द्रीत हुनु पर्नेमा जोड दिँदै उहाँले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्री केपी ओलीले संविधान विपरित संसद विगठन गरेपछि विकसित राजनैतिक घटना क्रमसंगै मुलुक निकै जटिल मोडबाट गुज्रिएको बताउनुभयो ।
नेता कोइरालाले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्यूँतने फैसला गरेपछि मुलुकको राजनीतिक अवस्था बिग्रिएको बताउनुभयो । उहाँले नेपाली राजनीतिज्ञमा नैतिकताको खडेरी देखिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक इमान्दारीता र नैतिकता हराएको आरोप लगाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्