समाचार

बसमा यात्रा गर्दा अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक महाशाखाको आग्रह



काठमाडौँ, ३० चैत । कोरोना भाइरस संक्रमण दोस्रो चरणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सावधानी अभियान सुरु गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस संक्रमण रोकथाम तथा सुरक्षित बनाउन जनचेतनामूलक अभियान सुरु गरेको हो ।

ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले विश्वमा माहामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियानको सुरुवात गरिएको बताए । कोभिड–१९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्ने उनको जोड छ ।

सम्पूर्ण चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।