राजनीति

संसदीय समिति सदस्यमा व्यापक हेरफेर (सूचीसहित)



काठमाडौँ, ३० चैत । संसदीय समितिको स्दस्यहरूमा व्यापक हेरफेर गरिएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको जानकारी दिए ।

२३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।