समाचार

सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु



दोलखा, ३१ चैत । दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

गए राति सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको मृत्यु भएको हो ।

प्रहरीका अनुसार १८ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ७ जनाको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।