काठमाडौँ, ३१ चैत । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो ।
मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ । १४ जिबी डेटाअफर जम्मा दुई सय ९९ मा उपलब्ध गराइएको छ । यो अफर अन्तर्गत १२५ मा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डेटाअफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।
यससँगै दुई घण्टासम्म असीमित डेटाप्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर थप गरिएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा दुई सय ८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डेटाप्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जिबी डेटाजुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
यसैगरी डेटाप्याक अन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जिबी डेटाप्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ । सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी छ । यसकारण ग्राहकका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको कम्पनीको भनाइ छ । विभिन्न प्याकेज पाउन ग्राहकले १४१५ डायल गर्नुपर्ने छ । कम्पनीकाअनुसार ‘नेपाल टेलिकम’ एप र वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा किन्न सकिन्छ। उक्त अफर अन्तर्गतका सेवाहरु भोलि मंगलबारदेखि (चैत ३१) ९० दिनसम्म उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्