समाचार

नयाँ वर्ष सुरु: शुभकामना आदानप्रदान गरी मनाइँदै



काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ ।

आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।  आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि संकल्प गर्ने चलन समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिसठान्न भोजन बनाएर खाने चलन छ ।  नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।