अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ बैशाख । आज सुनचाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोलामा ८९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।