काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ ।
अहिले काठमाण्डौ उपत्यकासहित भोजपुर, ओखलढुङ्गा, धनकुटालगायत क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको जनाइएको छ । प्रि-मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनमा पानी पर्ने र घाम लाग्ने हुन्छ । हिजोदेखि प्रि-मनसुन सक्रिय भएकाले गएराति ठूलो हावाहुरीसहित चट्याङ्ग परेको थियो ।
अहिले पनि वर्षासँगै मेघगर्जन भइरहेको छ । भोलि पनि देशका पहाडी क्षेत्रको मौसम यस्तै रहने मौसमविद्को अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्