Banner News

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरे । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनमार्फत कुरा गर्दै बैठकमा आउनका लागि आग्रह गरेका छन ।