Banner News

मन्त्री ज्ञवालीको आक्रोस: ‘माओवादी नहुँदा पनि देश चल्छ’



काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र सहभागी नभएपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माओवादी नभएपनि देश चल्ने आक्रोस व्यक्त गर्नुभएको छ ।

माओवादीका केही नेताहरुले प्रधानमन्त्री ओलीले वोलाउनुभएको सर्वदलीय बैठकको जानकारी नभएको बताएका थिए । तर मन्त्री ज्ञवालीले खबर नभएको भन्नु बेकारको कुरा भएको स्पष्ट पार्नुभयो । बैठकमा सहभागी ज्ञवालीले सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘उहाँहरु किन आउनुभएन रु किन यस्तो गैरजिम्मेवार हुनुभयो रु उहाँहरुले जान्ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ, उहाँहरु (माओवादी) नहुँदा पनि देश चल्छ ।’

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहित तीन नेताबीच छलफल गर्ने प्रस्ताव मात्र राखेको उहाँको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्र मात्र होइन, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र याादव पनि सर्वदलीय बैठकमा जानुभएन । यद्यपि अध्यक्ष महन्थ ठाकुर नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लासहित बालुवाटार पुग्नुभएको थियो ।