समाचार

आजको मौसम



काठमाडौँ, ५ बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । त्यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा  रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन विभागले नागरिकलाई आग्रह गरेको छ । केही दिन यता हरेकदिन अपहराह्न्न पछि हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा हुँदै आएको छ । स्थानीय वायु सक्रिय भएर हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा भए पछि केही हप्ताअगाडि बाट नियमित रुपमा लाग्दै आएको तुवाँलो हटेको छ ।