नवलपुर, ५ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना हुदा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीन जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्