भक्तपुर, ५ बैशाख । भक्तपुरमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
गएराति चाँगुनारायण गाउँपालिका-७ बागेश्वरीको ठूली गाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल पल्टिँदा सोही ठाउँका ४६ वर्षका दामोदर लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामिछानेको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्