काठमाडौँ, ६ बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै देशको सुदुर पश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्