काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ९१ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्