काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आज बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने र तयारी रहन निर्देशन दिएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भने, ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ ।’ बैठकले माधव नेपालसहित कर्णाली प्रदेशमा फ्लाेर क्रस गर्ने ८ जना नेतालाई अन्तिम पटक स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।










प्रतिक्रिया दिनुहोस्