सर्लाही, ७ बैशाख । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशवप्रसाद ढुंगाना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपामा प्रदेश कमिटी सदस्य रहेका ढुंगाना सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग गराएपछि एमालेमा प्रवेश गर्नुभएको हो । एमालेका सर्लाहीका नेता रेवती पन्तले आफ्ना राजनीतिक गुरु ढुंगाना आफ्नो पुरानै मूल घरमा फर्किएको जानकारी दिनुभयो ।
ढुंगाना सर्लाहीको बागमती नगरपालिका कर्मैया निवासी ढुंगाना नेकपा माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो भने यसअघि नेकपामा प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।










प्रतिक्रिया दिनुहोस्