समाचार

जाली नोटसहित तीन जना पक्राउ



सुनसरी, ९ बैशाख । सुनसरीबाट जाली नाेटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका ४ मा रहेकाे स्टार होटल अगाडिबाट जाली नोटसहित तीन जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका २ का २४ वर्षीय नजिम साफी र धरान उपमहानगरपालिका १७ का महेन्द्र तामाङ रहेका छन । पक्राउ परेका उनीहरूकाे साथबाट नेपाली जाली नोट एक हजार दरका चार सय १५ थान प्रहरीले बरामद गरेकाे छ ।

जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।